अन्तरक्रिया कार्यक्रम

cricket interaction1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेटको अवस्थाबारे छलफल गर्न राखेप र नेपाली राष्ट्रिय क्रिकेट खेलाडीबीच बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्रिकेट बोर्ड गठनको पहल पहिले नै भएको बताउदै क्रिकेटलाई व्यवस्थित गर्न पहल भइरहेको बताए ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टले नेपाल क्रिकेट संघ (क्यान)लाई सुधार्न के गर्नुपर्छ भन्ने विषयमा सुझाव आवश्यक भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफूले क्रिकेटको हितको विषयमा बोल्नुलाई अन्यथा नठान्न आग्रह गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले मौखिक भन्दा पनि लिखित रुपमै सुझाव पेश गर्न उपयुक्त हुने बताए ।

Comment