पौडी टोलीको बिदाइ

swimming1
थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । १४ देखि १७ असोजसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडी सहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ ।
पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ र ब्रेस्टस्ट्रोक तथा रोशन पुनले ५० मिटर फ्रिस्टाइल र बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा स्वीकृति घिसिङले ५० मिटर फ्रिस्टाइल र ब्याकस्ट्रोक, टीसा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोक र ब्याकस्ट्रोक, मन्सा श्रेष्ठले ५० मिटर फ्रिस्टाइल तथा सोफिया शाहले ५० र १०० मिटर फ्रिस्टाइलमा भाग लिने छन् । सोफिया तालिमको सिलसिलामा हाल थाइल्यान्डको फुकेटमा रहेकाले उनी त्यत्तैबाट बैंककमा लाग्ने छिन् ।
टोली नेतामा रञ्जन भट्टराई, प्रशिक्षकमा रत्न महर्जन र योगेन्द्रमान श्रेष्ठ तथा व्यवस्थापकमा जेनिफर लामा रहेका छन् । बुधबार बैंकक प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव कुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment