संजय अभियानमा निरन्तर

Manoj Shiama
28 September, 2015 12:43 pm

sanjaya tanab2
लामो दुरीका धावक तथा हिमाल आरोही संजय पण्डितले आइतवार विश्वकै सर्वोच्च शिखर सगरमाथा एवं अमेरिका महादेशको सर्वोच्च शिखरको ढुङ्गा उपहार स्वरुप प्रदान गरेका छन् । भक्तपुरको वालकोटमा आयोजित कार्यक्रममा संजयले नयाँ संविधान बनाउन प्रमुख भुमिका खेलेको हुनाले आफुले ज्यानको आहुती दिएर सर्वोच्च शिखरहरुवाट लिएका ढुङ्गाहरु  ऐतिहासिक व्यक्तित्व एवं ने.क.पा एमालेका अध्यक्ष के.पि शर्मा ओलि लाई प्रदान गर्न पाउदा अत्यन्त खुसि व्यक्त गरे । कार्यक्रममा संसद हिरा बहादुर के.सि, रा.खेप.का पुर्व उपाध्यक्ष पिताम्वर तिमल्शिना, पुर्व सांम्सद वीर वहादुर के.सि लगाएको उपस्थिती थियो । ढुङ्गा हस्तान्तरण कार्यक्रममा ओलिले संजयको संसारका हिमाल जित्ने अभियानलाई आफुले सदैव सहयोग गर्ने जानकारी गराउनु भयो । सात महादेशिय सर्वोच्च शिखरहरुको आरोहणमा रहेका पण्डितको अव अन्तिम यात्रा अन्टार्टिका महादेशको माउण्ट भिन्सन मासिफ रहेको छ । उनि २०१५ को अन्त्य तिर त्यस तर्फ प्रस्थान गर्ने छन् ।