कोपीला र निमाको टोली विजयी

volleyball maldives1
माल्दीभ्समा जारी क्लब स्तरीय महिला भलीबल प्रतियोगितामा नेपाली खेलाडी निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश टिम एमेनले होदोकाउ स्पीकर्सलाई ३– १ ले पराजित गरेको छ । टिम एमेनले पहिलो सेट २५–२० ले जितेको थियो भने दोस्रो सेट १८–२५ ले गुमाएको थियो  । यसैगरी, तेस्रो सेटमा २५–१० ले जित हात पारेको सो टोली चौथो सेटमा २५–१० ले विजयी भयो । निमा श्रेष्ठ क्वीन अफ द म्याच घोषित भएको प्रशिक्षक कपिल श्रेष्ठले जनाएका छन् । माल्दीभ्सका क्लबमा नेपाल र श्रीलंकाका खेलाडी पनि समाबेश छन् ।

Comment