मिरा र दिनेश पहिलो

mira and dinesh1
मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर लाईफ स्टाईलको आयोजनामा भएको पुरुषतर्फको २० किमि दौडमा ललितपुरका दिनेश महर्जन पहिलो भए । उनले निधारित समय २ घण्टा ४ मिनेटमा पुरा गरेका थिए । सोहि समूहमा काठमाण्डौंका राज प्रधान दोश्रो तथा सिन्धुपालचोकका माने तामाङ तेश्रो भए । दौड गोदावारी पार्कबाट शुरु भएर बिसंखु नारायण,कोर्ड डाडा,चापाखर्क हुदै पुन गोदावारी पार्क आएर सम्पन्न भएको प्रतियोगिता संयोजक परेश श्रेष्ठले बताएका छन् । बिजेताले शिल्ड,मेडल, प्रमाण पत्र र उपहार गरेका थिए ।

Comment