पौडी आइतबार

ललितपुर जिल्ला पौडी संघको आयोजनामा प्रथम ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय पौडी प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १५ विद्यालयका १ सय ५९ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष मुकुन्द राज शर्माले जनाएका छन् ।
गत भदौ १५ गते नवगठीत ललितपुर जिल्ला कार्यसमितिले आयोजनागर्न लागेको प्रतियोगितामा कुल ३४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु इमाडोलस्थित पौडी पोखरीमा हुनेछ ।

Comment