बाग्लुंगमा राष्ट्रिय आइटिएफ हुने

5
नवौ जनरल चोइ स्मृती राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसीप १२ र १३ मंसिरमा बाग्लुंगको बुर्तीबांगमा हुने भएको छ । आइटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटी र र बांग्लुंग जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगितामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयाजक कमिटीका अध्यक्ष घम बहादुर थापाले बताए । पत्रकार सम्मेलनमा  मुख्य प्रायोजन रोयल हिमचुली इन्टरनेसनल प्रालीका प्रमुख किरण घायल र आयोजकका विचमा सम्झौता पत्रमा हस्ताक्षर भयो । प्रतियोगिताको लागत १० लाख १० हजार रुपिया रहेको छ ।
पत्रकार सम्मेलनमा सल्लाहकार लिला बहादुर थापा तथा कार्यबाहक अन्जुनाथ श्रेष्ठले पनि विविध पक्षबारे जानकारी दिएका थिए ।
त्यसै अबसरमा गत महिना नेपालगञ्जमा सम्पन्न १३ औ सिनियर तथा आठौ जुनियर राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित पुरुष तर्फका रमेश श्रेष्ठ र महिला तर्फकी निश्मा बस्याललाई सम्मान गरियो ।

Comment