क्षेत्रिय पौडी प्रतियोगिता अर्को साता

पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद २०७२ को छनोटको लागि नेपाल पौडी संघले काठमाडौंमा अशोज १४ र १५ गते मध्यमाञ्चल क्षेत्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जाडो याममा राष्ट्रिय प्रतियोगिता भएका कारण चिसो पानीमा पौडी प्रतियोगिता गर्न नसक्ने भएकाले अशोज महिनामा नै प्रतियोगिता आयोजना गर्नु आवश्यक भएको पौडी संघले जनाएकोछ ।
सातदोवाटोस्थित पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताको लागि मध्यमाञ्चलबाट २० पुरुष र १३ महिला गरि ३३ खेलाडीको छनोट हुने पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । त्यस्तै टिममा एक प्रशिक्षक र एक ब्यवस्थापक रहने ब्यवस्था गरिएकोछ ।
यस्तै पूर्वको ईटहरीमा १६ र १७ गते पूर्वाञ्चल क्षेत्रिय पौडी प्रतियोगिता र १७ र १८ गते पश्चिमको पोखरामा पश्चिमाञ्चल क्षेत्रिय पौडी प्रतियोगिता आयोजना गरिने समेत संघले जनाएकोछ ।
राष्ट्रिय प्रतियोगिताको लागि पूर्वाञ्चल र पश्चिमाञ्चलबाट १२ पुरुष, ६ महिला, एक प्रशिक्षक र एक ब्यवस्थापक गरि २०÷२० जना, मध्यपश्चिम र सुदूरपश्चिमबाट ६ पुरुष, ४ महिला, एक प्रशिक्षक र एक ब्यवस्थापक गरि १२÷१२ जना खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष बज्राचार्यले बताएकाछन् ।

Comment