एथलेटिक्स टोली सिंगापुरतर्फ

athletics
सिंगापुरमा हुने ग्रेट ईस्टर्न वोमेन्स रन– २०१४मा सहभागी हुने दुई खेलाडी सहित तीन सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्यो । टोलीलाई  नेपाल एथलेटिक्स संघका अध्यक्ष एव ंसभासद् राजीव विक्रम शाहले शुक्रबार नै विदाइ गरे ।
२३ कार्तिक देखि हुने प्रतियोगितामा कान्छिमाया कोजु र कृष्णेश्वरी सिन्तकलाले हाफ म्याराथनमा प्रतिस्पर्धा गर्ने एथलेटिक्स संघका सचिव आरके (राधाकृष्ण) विष्टले जनाएका छन् ।
टोली व्यवस्थापकमा संघका सदस्य रोहित भट्टराई छन् । प्रतियोगितामा सहभागि हुने कान्छीमाया कोजु विगत एक दशक भन्दा लामो समयदेखि मध्यम तथा लामो दुरीकी प्रभावकारी एथलेटको रुपमा रहेकी छिन् । उनी ५ हजार ,१० हजार ,म्यारथन र हाफ म्याराथन चारवटै स्पर्धामा उत्तिकै उत्कृष्ट धाबीकाको रुपमा परिचित छन् । सन् २००६ देखि २०१० सम्म सानदार फर्ममा रहेकी कोजुले कोलम्बो सागमा १० हजार मिटर दौडमा रजत पदक जितेकी थिइन् ।  हाल उनी एपीएफ क्लबमा  आबद्ध छिन् ।

Comment