पुरुष भलिवलको उपाधी विरेठाटीलाई

बाकोट वराह क्लव, दाङसिङ कास्कीको आयोजनामा भएको  तीज विशेष कार्यक्रम सम्पन्न भएको छ  । सोहि अवसरमा आयोजित पुरुष भलिवल प्रतियोगितामा उपाधी विरेठाटी युवा क्लव प्रथम भएको छ । यसैगरी बाकोट बराह क्लव द्धितीय र विरेठाटी युवा क्लव ‘बी’ तृतीय भएको छ ।
विजेतासँगै विरेठाटीले ३० हजार २६ रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।  द्धितीयले २० हजार २६ रुपैया र तृतीयले १० हजार २६ रुपैयाप प्राप्त गरेका छन् । यसैगरी महिला भलिवलमा भुर्जुङ युवा क्लव प्रथम र आयोजक बाकोट वराह क्लव द्धितीय भएको छ । विजेताले १० हजार २६, द्धितीयले ५ हजार २६ रुपैया साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । श्री उमा माविको खेलमैदानमा प्रतियोगिता तथा विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
विजयी समुहलाई कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष खगेन्द्र गौचन, पुरुष भलिवल प्रथम पुरस्कारका प्रायोजक पूर्ण कोने गुरुङ, सितेरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

Comment