स्प्रीन्टरलाई विशेष प्रशिक्षण

athletics
छोटो दूरीका धावकका लागि नेपाल एथलेटिक्स संघले आइतबार एकदिने विशेष प्रशिक्षण सञ्चालन ग¥यो ।जापनका ओलम्पियन दाई तामेसुइले दशरथ रंगशालामा नेपाली राष्ट्रिय टोलीका स्प्रिन्टरहरुलाई प्रशिक्षण दिएका थिए ।
सन् २०००, २००४ र २००८ गरीलगातार तीन पटक ओलम्पिकमा सहभागिता जनाइसकेका तामेसुइले विशेष प्रशिक्षणबाट नेपाली खेलाडीले नयाँ ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भुटानमा समेत केहि समय एथलेटिक्स खेलाडीलाई प्रशिक्षण दिएका थिए ।
विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई कास्य र  बुसान एसियाडमा एक कास्य जितेका तामेसुइले २०१२ मा खेलाडी जीवनबाट सन्यास लिएपछि एथलेटिक्स सोसाइटी नामक एनजीओमार्फत एथलेटिक्स खेलको विकासमा लागि परेका छन् । उनले आफ्नो अनुभव र क्षमतालाई विभिन्न देशका खेलाडीको स्तरबृद्धिमा प्रयोग गर्ने बताएका छन् ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले नेपाली एथलेटिक्स खेलाडीको क्षमता वृद्धिका लागि तामेसुइले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । एथलेटिक्स संघका उपाध्यक्ष संजिव तुलाधरले तामेसुइले नेपाली खेलाडीलाई केहि समयपछि पुनः तालिम दिने जानकारी गराए ।

Comment