प्याराडाईम च्याम्पियन

volleyball1
श्रीराम स्मृति अन्तरविद्यालयमा छात्र भलिबल प्रतियोगितामा प्याराडाईम पब्लिलक स्कुल च्याम्पियन बनेको छ । शनिवार भएको उपाधि भिड्न्तमा प्याराडाईमले दीपज्योतीलाई ३–१ ले हरायो । पहिलो सेट २३–२५ ले हारेको प्याराडाईमले खेलमा फर्कदै अन्य सेट २५–२०,२७–२५ र २५–१५ ले जितेको थियो । तोश्रो स्थानका लागि भएको खेलमा रेम्वो उमावीले सेक्रेटहार्टलाई २५–२२,२५–२० र २५–२० को सोझो सेटमा हरायो । प्रतियोगितामा उत्कृष्ट खेलाडी सेके्रटहार्टका संन्दिप भट्ट भए ।
प्रतिभवान खेलाडीको उपाधि आयोजक अरुणी स्कुलका बिजय गुरुङ चुनिए । अनुशासित टिमको उपाधि नेपाल एपीएफले जित्यो । समापनका अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा,गायत्री चेतना केन्द्रका अध्यक्ष केशव मरहट्टा,आयोजक अरुणी स्कुलका प्रिन्सिपल हिक्मत दाहाललगायतले बिजयी टिमलाई पुरस्कृत गरे ।

Comment