नवयुगको ह्याट्रिकमा आर्मीको जित

nyug1
नवयुग श्रेष्ठको ह्याट्रिकको सहयोगमा नेपाल आर्मी क्लबले ए डिभिजन लिग फुबटल प्रतियोगिताको बिहिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको छ । दुइ  टोली विचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि एक पक्षिय रुपमा आर्मीको पक्षमा गएको हो । १५ औ मिनेटमा नवयुग श्रेष्ठले आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । चौथो मिनेटमा नै आर्मी गोलको नजीक पुगे पनि टंक बस्नेतको पासमा नवयुगको प्रहार क्रसबार माथिबाट बाहीरिएको थियो । भरत खवासले पनि १० औ मिनेटमा एउटा राम्रो अबसर खेर फालेका थिए । २३ औ मिनेटमा भरत साहले लामो दुरीबाट प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेस कुथुले बचाए । त्यसको दुइ मिनेट पछि नै हिरण्य मगरको क्रसमा नवयुगले एउटा राम्रो अबसर खेर फाले ।
सन्तोष  तामाङले एउटा सानदार प्रहार गरे पनि पुलिकसा गोलरक्षक रोनस खतीवडाले राम्रो बचाउ गरे । ६५ औ मिनेटमा भरतको पासमा नवयुगले दोस्रो गोल गरे । इन्जुरी समयमा प्रत्याक्रमणमा श्रेष्ठले अर्को गोल गरे ।

Comment