न्यु डायमण्डलाई उपाधि

new diomondwin
न्यु डायमण्ड एकेडेमीले एपीएफ क्लबलाई हराउदै चौथो नव आदर्शकप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको  उपाधिमा ह्याट्रिक गरेको छ । बिहिबार भएको फाइनल खेलमा न्यु डायमण्डले एपीएफलाई पाँच सेटको खेलमा ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । क्वीक स्पाइकर ललितानाथको कप्तानीमा ओपन स्पाइकर प्रतिभा माली,पनामिका राई,कृपा अधिकारी सेटर र लिब्रो सलिना श्रेष्ठ पहिलो रोजाइका खेलाडी थिए । यस अघि न्यु डाइमन्डमा रहेका रमिला तन्दुकार र क्वीक स्पाइकर मनिषा तामाङको स्थानमा नयाँ खेलाडी क्वीक स्पाइकर सबिता लो र समिक्षा घिमिरेलाई सेटमा उतारकोे प्रशिक्षक कुमार राइर्ले बताए ।
पोखराको लामाचौरमा भएको पहिलो सेट डायमण्डले २५–२३ ले जित्दै १–० अग्रता कायम ग¥यो । निकै रोमाञ्चक बनेको दोस्रो सेट डायमण्डले २५–१८ गुमाएसगै खेल १–१ को बारबरीमा पुगेको थियो । तेस्रो सेट भने न्यु डायमण्डले २५–२३ ले कब्जा गर्दै खेलमा फर्कने राम्रो आशा सिर्जना ग¥यो । तथापी शारिरिक रुपमा निकै बलियो रहेको एपीएफले चौथो सेट २५–२२ जित्दै २–२ को बराबरीको अवस्थामा पु¥याएपछि खेल पाचौ सेटमा लम्कीएको थियो ।
निर्णायक सेटमा न्यु डायमण्डले १५–१० ले जित्दै उपाधीमा ह्याट्रिक ग¥यो । फाइनल खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमण्डकी प्रतिभा माली प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिइन् । तेस्रो स्थानको लागी भएको खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई ३–२ ले हरायो ।प्रतियोगिताका विजेता टिमले ५० हजार एक सय,उपविजेताले ३० हजार एक सय,तेस्रो र चौथो हुनेले क्रमश १५ हजार एक सय र दश हजार एक सय प्राप्त गरे ।

Comment