न्यु डायमन्ड र एपीएफ उपाधिका लागि भिड्ने

news doimond
पोखरा
न्युडायमण्ड एकेडेमी र एपीएफ क्लब चौथो नव आदर्शकप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधिका लागि  प्रतिस्पर्धा गर्ने भएका छन् । मङ्गलबार भएको सेमिफाइनल खेलमा न्युडायमन्डले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हराउदै फाइनलमा पुगेको हो । ललितानाथको कप्तानीमा रहेको न्यु डायमलण्डले पश्चिमाञ्चलाई पहिलो सेट २५–५ ले सहजै हराएपनि दोस्रो र तेस्रो सेटमा भने निकै प्रतिस्पर्धात्मक भएको थियो । दोस्रो सेटमा २०–२४ ले पछाडी परेको न्यु डायमण्डले लगातार चार अङ्क जोड्दै २४–२४ को स्थीतीमा पु¥याएपछि निकै रोमाञ्चक बनेको थियो ।  अन्त्त सेटमाथी २७–२५ ले न्यु डायमण्डले कब्जा ग¥यो । तेस्रो सेटमा पनि न्यु डायमन्डले  २७–२५ को रोमाञ्चक जित दर्ता ग¥यो । नवज्योति युवा क्लबको आयोजनामा पोखराको लामो चौरमा भएको  दोस्रो सेमिफाइनल खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो । एपीएफ खेलमा हाबी हुदा आर्मीलाई २५–१२,२५–१४ र २५–१५ ले स्तब्ध पारेको थियो । न्यु डायमण्डको जितमा कप्तान ललितानाथ वुमन अफ दि म्याच भइन् भने दोश्रो खेलमा पराजय पश्चात भएको आर्मीकी लिब्रो सृजना राई वु्मन अफ दी म्याच चुनिइन् ।
प्रतियोगिताका विजेता टिमले ५० हजार एक सय,उपविजेताले ३० हजार एक सय,तेस्रो र चौथो हुनेले क्रमश १५ हजार एक सय र दश हजार एक सय प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, तथा विधागत ५ उत्कृष्ट खेलाडीलाई आकर्षक ट्रफि प्रदान गरीने छ ।

Comment