थ्रीस्टारको फराकिलो जित

three star1
जगजीत श्रेष्ठको दुइ गोलको सहयोगमा थ्रीस्टार क्लबले ए डिभिजन लिग फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा एपीएफलाई ४–१ ले पराजित ग¥यो । थ्रीस्टारका लागि जगजीत श्रेष्ठले दुइ गोल गरे भने सुकन एकेन्डे र विजय गुरुङ्गले थप गोल गरे  । खेलको सुरुवाती अग्रात भने थ्रीस्टारलाई अकुन्डेले दिलाएका थिए । १० औ मिनेटमा ओलावाले आकर्षक क्रसमा उनले राम्रो फीनीसिंग गरेका हुन् ।  २८ औ मिनेटमा हेमन गुरुङ्गको गोलमा एपीएफले अग्रता लिएको हो । हेमनले फ्रिकीकमा गोल गरेका हुन् । ३७ औ मिनेटमा एपीएफको कमजोर रक्षापक्तिको फाइदा उठाउदै थ्रीस्टार अग्रता सलन सफल भएको हो । जगजीतले सहजै एपीएफको कमजोरीको फाइदा उठाउदै गोल गरेका हुन् ।
५८ औ मिनेटमा विजयले अर्को गोल गदैए थ्रीस्टारलाई विजयको बाटोमा डोहर्याएका थिए । खेलको इन्जुरी समयमा जगजीतले सानदार फ्रिकीकमा गोल गर्दै थ्रीस्टारलाई फराकिलो जित दिलाए । उनी म्यान अप द म्याच समेत घोषित भए ।  थ्रीस्टारको सात खेलमा यो चौथो जित हो । १४ अंक जोडेको थ्रीस्टार दोस्रो तथा समान अंक भएको एपीएफ गोल अन्तरको आधारमा तेस्रो स्थानमा छन् ।

Comment