राष्ट्रिय महिला भलिबल सोमबार देखि

नवज्योति युवा क्लबको आयोजनामा चौथो नव आदर्शकप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमवार देखि हुने भएको छ । महिलाहरुको महान्पर्व हरितालिका तिजका अवसरमा आयोजना गरीने महोत्सवको १९औँ सस्करण अन्तर्गत हुने चौथो राष्ट्रिय महिला भलिबल ३० गते सम्म चल्नेछ । लिगकम नकआउटको आधारमा खेलाईने प्रतियोगिताको समुह एमा न्यू डायमन्ड,नेपाल आर्मी र रुपन्देही रहेक छन् । समुह बि मा एफीएफ,पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल रहको आयोजक कमिटीका पुर्व संयोजक एवंम् लामाचौर खेलमैदान निर्माण समितीका सचिव बुद्धी खत्रिले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ५० हजार एक सय,उपविजेताले ३० हजार एक सय,तेस्रो र चौथो हुनेले क्रमश १५ हजार एक सय र दश हजार एक सय प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, तथा विधागत ५ उत्कृष्ट खेलाडीलाई आकर्षक ट्रफि प्रदान गरीने खत्रिले बताए । प्रतियोगिताबाट प्राप्त आम्दानीलाई ८७ रोपनी जग्गामा नवनिर्माणाधिन अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदानका लागि सहयोग गरीने निर्माण समितीका सचिव खत्रिले बताए । यसअघि राष्ट्रिय खेलकुद परिषद(राखेप) ले मैदान अन्तर्गत नालाा निर्माणकका लागि ३० लाख र मैदान सम्याउनका लागि १४ लाख रुपैया उपलब्ध गराएको सचिव खत्रिले जानकारी गराए । चालुआर्थिक वर्षमा पनि मैदान निर्माणका लागि नेपाल सरकारबाट १० लाख रुपैया छुटृयाइएको निर्माण समितीका सचिव खत्रिले जानकारी दिए ।

Comment