न्युडायमण्डलाई शेरवहादुर प्रतिष्ठानद्धारा खेल पोशाक प्रदान

nd
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले न्यु डायमण्ड एकेडेमीका महिला भलिबल खेलाडीलाई १ लाख १० हजारको खेल पोशाक शनिवार प्रदान गरेको छ । बालकोट स्थित प्रतिष्ठानले जर्सी ४० जोर, जुत्ता २० जोर,मोजा ४० जोर र ट्रयाकसुट २० जोर हस्तान्तरण गरेको छ ।
प्रतिस्ठानका अध्यक्ष,भलिबलका पुर्व राष्ट्रिय खेलाडी रन्जन खड्का,उपाध्यक्ष सीता खड्काले एकेडेमीका प्रिन्सिपल एवं कोच कुमार राईलाई उपलब्ध गराएका हुन् । सो अवसरमा अध्यक्ष खड्काले भलिबल खेलको मायाले न्युडायमण्ड ल्यायो । एकेडेमीका स–साना नानीहरुको खेल प्रसंसा गदै खड्काले भने भबिष्यमा राष्ट्रको नेतृत्व गर्ने खेलाडी यहि छन् । पोखराको लामा चौरमा २८ देखि ३० भदौसम्म संचालन हुने तेश्रो खुला महिला भलिबल प्रतियोगताको तयारीमा जुटेको न्युडायमण्डको टिमलाई प्रशिक्षणका दौरान खेल समाग्री हस्तान्तरण गरिएको हो । न्यु डायमण्ड दुवै संस्करणको च्याम्पियन टिम हो ।  न्युडायमण्डका प्रशिक्षक कुमार राई प्रतिष्ठानले ठुलो सहयोग पु¥याएको बताउछन् । राईले भने हामी सिजनको पहिलो प्रतियोगिता खेल्दै छौ,उपाधि माथी ह्याट्रिक गर्ने लक्ष्य छ ।हामीसग दुई प्रभावशाली खेलाडी छैनन् तर त्यसको भरपाई गरि सकेका छौं।

Comment