केयुलाई १० स्वर्ण

नेपाल पौडी संघको सहयोग तथा काभ्रे जिल्ला पौडी संघको आयोजनामा सम्पन्न प्रथम काभ्रे जिल्लास्तरिय अन्तरस्कुल उमेर समूह तथा खुला पौडी प्रतियोगितामा काठमाण्डौ विश्वविद्यालय स्कुलले १० स्वर्ण प्राप्त गरेको छ ।
एक दिवसिय प्रतियोगिताको शुक्रबार सम्पन्न प्रतियोगिता अन्तरगत १२ बर्ष उमेर समूह अन्तरगतको छात्रा २५ मिटर फ्रिस्टायलमा केयुका भुमी प्रधान, विनभा प्रधान र अभिशेखा श्रेष्ठले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हात पारे । सोही प्रतिस्पर्धाको छात्र तर्फ बेलोर इन्तरनेशनल एकेडेमीका शिव राज सुनारले स्वर्ण, केयुका आर्यन श्रेष्ठले रजत र नेपाल प्रहरी स्कुलका सुनिल विस्ट कुवरले कास्य पाए ।
फ्रि स्टायल ५० मिटरमा १४ बर्ष मुनिको छात्रा तर्फ केयुकी सेजल सैजुले स्वर्ण प्राप्त गर्दा केयुकै तिशा राजबंशीले रजत र बेलोरकी श्रेयारिका नकर्मीले कास्य पदक पाईन् । १७ बर्ष मुनिको छात्र तर्फ केयुका आदर्श प्रधान प्रथम, नेपाल पुलिसका प्रकाश थापा द्वितीय र श्रीखण्ड उमाबिका जसलाल बंजन तृतीय भए । खुला तर्फको प्रतिस्पर्धामा पूर्व अरनिको आयल स्टोरका किशोर पुरीले स्वर्ण पदक पाए । दोश्रो स्थानमा पूर्व अरनिकोकै इश्वर पुरी र तेश्रो स्थानमा ग्रान्ड समर प्लेसका लक्ष्मण माझी भए ।
१२ बर्ष मुनीको २५ मिटर ब्रेष्ट स्ट्रोकमा छात्रा तर्फ केयु स्नेहा मानन्धर, भूमी प्रधान र विनभा प्रधानले शिर्ष तिन स्थान पाए । त्यस्तै छात्र तर्फ केयुका आर्यन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्दा बेलोरका शिव राज सुनार र रोजिम बस्नेतले रजत र कास्य पाए । छात्राको १४ बर्ष मुनिको ५० मिटर ब्रेष्ट स्ट्रोकमा केयुका श्रृजना मानन्धर, भूमी प्रधान र विनभा प्रधानले क्रमश स्वर्ण रजत र कास्य पाए । छात्र तर्फ नेपाल प्रहरीका सन्देश मान महर्जनले स्वर्ण पदक प्राप्त गर्दा केयुका आर्यन श्रेष्ठले रजत र बेलोरका शिभराज सुनारले कास्य पाए । १७ बर्ष मुनिको छात्र तर्फको प्रतिस्पर्धामा केयुका आदर्श प्रधानले स्वर्ण, श्रीखण्ड उमाबिका जसलाल बंजनले रजत र नेपाल प्रहरीका प्रकाश थापाले कास्य पाए । खुला तर्फको प्रतिस्पर्धामा पूर्व अरनिकोका किशोर पुरीले स्वर्ण, ग्रान्डका लक्ष्मण माझीले रजत र पूर्व अरनिकोका इश्वर पुरीले कास्य पाए ।
बटरफ्लाई तर्फ १४ बर्ष मुनिको २५ मिटरको प्रतिस्पर्धामा केयुका सेजल सैजुले स्वर्ण, श्रृजना मानन्धरले रजत र तिसा राजबंशीले कास्य पाए । छात्र तर्फ केयुका आर्यन श्रेष्ठले स्वर्ण, बेलोरका शिभराज सुनार र रोजिम बस्नेतले रजत र कास्य पाए । १७बषर््ा मुनिको ५० मिटरमा नेपाल पुलिसका प्रकाश थापाले स्वर्ण, श्रीखण्डका जसलाल बंजन र अनुज गिरीले रजत र कास्य पाए ।
काभ्रे जिल्ला पौडी संघको निर्वाचित समितीले निर्वाचित भएको दोश्रो हप्तामा आयोजना गरेको प्रतियोगितामा ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता काभ्रेस्थित ग्रान्ड समर प्यालेस रिसोर्टमा आयोजना गरिएको थियो । बिजयी खेलाडीहरुलाई संविधान सभाका माननिय सभासद चन्द्र वादे, नेपाल पौडी संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य अशोक बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment