थाइल्यान्डमा नेपाललाई तीन पदक

gurupuja33
नेपालले ६१ औं थाइल्यान्ड ओपन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपमा दुई रजत र एक काश्यगरि तिन पदक जितेको छ । नेपालका लागि सरस्वती भट्टराईले आफूले भाग लिएको दुवै स्पर्धा रजत पदक जितेकी हुन् । उनले ८०० मिटर दौडमा २ मिनेट १८.७ सेकेन्डको टाइमिङमा पुरा गर्दै रजत पदक जितेकी हुन् । त्यसैगरि उनले १५ से मिटर दौडतर्फ ४ मिनेट ४२ सेकेन्डको समय निकाल्दै रजत पदक हात पारिन् ।
त्यसैगरि अमृता महतोले  डिस्कस थ्रोतर्फ काश्य पदक जित्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छन् । उनले ४०.३१ मिटर फ्याक्दै डिक्सक थ्रोतर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।
नेपाल एथलेटिक्स संघको पहलमा आठ एथलेटिक्स खेलाडीले बैंककमा ४० दिने प्रशिक्षण पछि ६१ औं थाइ एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाएका हुन् । नेपालबाट सहभागी भएका अन्य खेलाडीमा हाइजम्पमा सुर्य खत्री, लङ्ग र त्रिपल जम्पमा डिल्ली खत्री, १०० र २०० मिटरमा आशिष चौधरी, ८०० मिटरमा मुक्ती बहादुर खड्का, जाभलिङतर्फ सिमाकुमार थारु,  महिलाको १०० र २०० मिटरमा सरस्वती चौधरीसको सहभागीता रहेको छ । प्रतियोगिता ६ देखि १० सेप्टेम्बरसम्म चल्ने छ ।

Comment