नेपाल बुद्धीचाल संघलाई अवार्ड

Excellency award 1eनेपाल बुद्धिचाल संघलाई    उत्कृष्ट अवार्ड प्रदान भएको छ । गएको बर्षभरीमा एसियन मुलुकहरुको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सकृयता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड प्रदान गरेको हो ।

यूएईको  आबुधावीको नोभोटेल अल बुस्तान होटलमा   एक समारोह बीचमा सो अवार्ड बिश्व बुद्धिचाल संघका अध्यक्ष किर्सान ईलुम झिनोभले   नेपाल खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विस्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीलाई प्रदान गरेका थिए।

एसियन चेस फेडेरेसनले हरेक बर्ष चेस खेलका बिभिन्न विदामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेसखेलमा उत्कृष्ट प्रदर्शन सहित राम्रो सकृयता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अवार्ड प्रदान गर्न लागेको नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीले  जानकारी दिए ।

Comment