ढोरपाटन भलिबलका उत्कृष्टलाई महेन्द्रको चार स्कुटर

dhorpatan volleyballe
ढोरपाटन व्लु स्काई कप डबल महिला लिग भलिबलको ११औं संस्करण पुस ४ देखी १८ गते सम्म हुने भएको छ । नयाँ वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस टे«निङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो ।
ढोरपाटन स्पोर्टस टे«निङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक महिन्द्राको चार स्कुटर खेलाडीले पुरस्कार रुपमा प्रदान गर्ने बताएका  छन् । महिला डबल लिग भलिबलको ११औं संस्करणमा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान खेलाडी र प्लेयर अफ द सिरिजलाई महिन्द्राको स्कुटर पुरस्कार दिइने कम्पनीका रिजनल सेल्स मेनेजर सुरेश रायमाझीले बताए । हिमरश्मी हाईस्कुल मनमैजुको सहप्रायोजनमा संचालन हुने प्रतियोगिताको पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले ढोरपाटन भलिबलले नेपाली भलिबल विकासमा योगदान पु¥याउँदै आएको बताए । प्रतियोगिताका सम्पन्न गर्नका लागि बिभिन्न १९ समिति गठन गरिएको छ । जसमा प्याराफिटमा किरण घायल, प्रचार प्रसारमा देवेन्द्र घर्ति,ब्यानर ब्यवस्थापनमा होम खड्का,पुरस्कारमा जुनु पुन,रेफ्रिमा कुलबहादुर गुरुङ,ग्राउण्डमा कोपीला पुनलगायतका छन् । ११औं संस्करणको विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार, तेस्रोले ७० हजार र चौथोले ४० हजार रुपैयाँ, पाँचौले ३० हजार, छैठौंले २० हजार र सातौं स्थानमा रहने टोलीले १० हजार प्राप्त गरिने बताइएको छ ।
११औं संस्करण एपिएफ, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, ढोरपाटन स्पोर्टस प्रशिक्षण, नेपाल छन्त्याल संघ, नेपाल कलाकार टिम काठमाडौं, एन्जल्स हर्ट उच्च मावि काठमाडौं, विन्ध्यावासिनी हाइस्कुल टोखा र होटल व्यवसायी टिमले खेल्ने पक्का भैसकेको छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भरले ५ हजार रुपैया पाउनेछन । यसैगरी प्रशिक्षक र व्यावस्थापकलाई जनही ५ हजार प्रदान गरिनेछ । नयाँ वस पार्कमा हुने प्रतियोगिता हेर्नको लागी पहिलो चरणमा प्रतिव्यक्ति १ सय रुपैयाँ र दोस्रो चरणको फाइनल हेर्न २ सय ४० रुपैयाँ पर्ने टिकट विक्री गर्ने बताइएको छ ।

Comment