सदस्य सचिव अवुधावी प्रस्थान

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेको नेपाल चेस संघका सचिव हेराकाजी महर्जनले जनाएका छन् ।
नेपालमा बुद्धिचालको विकास र विस्तार गर्ने क्रममा नेपालमा चेसको गतिविधी एशियामानै उत्कृष्ट भएको ठहर गर्दै नेपाललाई उक्त अवार्डबाट सम्मान गरिन लागेको समेत सचिव महर्जनले जानकारी गराए ।

 

Comment