यु–१९ क्रिकेटमा नेपाल उपविजेता

मलेसियामा सकिएको एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । मलेसियास्थित किन्नरा ओभलमा भएको आफ्नो अन्तिमा खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित निकालेपनि अर्काे खेलमा अफगानिस्तानले आयोजक मलेसियालाई सात विकेटले पराजित गरेपछि नेपाल उपविजेतामा सीमित बनेको हो । दोस्रो खेलमा अफगानिस्तानसँग बेहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो ।
साउदी अरेबियाले दिएको ५६ रनको झिनो लक्ष्य नेपालले नौं ओभर खेल्दै एक विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि ओपनर सुनिल धमला ३४ रनको अविजित पारी खेल्दै जित दिलाए । यस्तै कप्तान राजु रिजाल पनि १४ रनमा अविजित रहे । शंकर राना मात्र ४ रनमा आउट भएका थिए । शंकर सामी मुन्सीको बलमा बोल्ड भएका थिए ।
यसअघि मलेसियाको सेलोंगर टर्फ क्लबको मैदानमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो ।  बिहिबारै भएको अर्काे खेलमा अफगानिस्तानले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको छ । अफगानिस्तानको यो शतप्रतिशत जित हो । घरेलु टोली मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
अफगानिस्तानका लागि हजरत तुल्लाहले सर्वाधिक ६० रनको योगदान दिए । वाहिदुल्लाह सफाक २३ तथा परवेज मालकजाई १० रनमा अविजित रहे । नासिर खान ८ तथा इन्सान उल्लाह पाँच रनमै पभेलयिन फर्किए । मलेसियाका पवनलिप सिंह एक्लैले तीन विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४९.१ बलमा सबै विकेट गुमाउदै १०५ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि भिरनदिप सिंहले ५७ तथा  हमार रहिले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । मलेसियाको ब्याटिङलाई ध्वस्त बनाउने क्रममा अफगानिस्तानका नवीन उल हक एक्लैले ६ विकेट लिए । रसिद खानले तीन तथा करिम जनतले एक विकेट आफ्नो नाममा लेखाए ।

Comment