क्यानाडामा कान्छीमायाको सम्मान

km koju
मध्यम तथा लामो दुरीको सदाबाहर नेपाली धावीका कान्छीमाया कोजु क्यानाडामा पनि सम्मानीत भएकी छिन् ।  क्यानाडामा हालै सम्पन्न दुइ प्रतियोगितामा महत्वपूर्ण सफलता प्राप्त गरेका कारण माउन्ट एभरेस्ट लायन्स क्लब र क्यानाडा एनआरएनले उनलाई नगद सहित सम्मान गरेको हो ।
अगस्टमै क्यानाडामा भएको क्रिमोल भर्टीकल अल्ट्रा म्याराथनमा उनी पहिलो भएकी हुन् । यसको केही समय अघि उनी नर्थ फेस इन्डुरेन्स रेसमा तेस्रो भएकी थिइन् । नेपालमा रहदा उनी १ हजार देखि म्याराथनसम्म लगभग डेढ दशक प्रभावशनली धाबीकाको रुपमा रहेकी थिइन् । ५ हजार र १० मिटर दौडमा उनको प्रभाव अझ बलियो थियो ।

 

Comment