मलेसियासंग नेपालको जित

नेपालले एसीसी यु–१९ क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा मलेसियालाई आठ विकेटले हराएको छ । नेपालका ७६ रनको लक्ष्य पाएको नेपालले १४.४ ओभरमा दुइ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो । नेपालका आशिष धामी र रजबीर सिंहले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । रजवीरले ३३ रन जोडे । आशिष ३८ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिंग गरेको मलेसियालाई साघुरो योगफलमा समेट्ने क्रममा नेपालका अरिफ सेखले १० ओभरमा १८ रन खर्चीदै चार विकेट लिए । दिपेस श्रेष्ठले ९ ओभरमा २८ रन खर्चीदै दुइ विकेट लिए । दिपेन्द्र सिह ऐरीले पनि चार ओभरमा ११ रन खर्चीदै दुइ विकेट लिए । मलेसियाका पवन्दीभ सिंहले सर्वाधीक १७ रनको योगदान गरे ।

 

Comment