राजन पनि पराजित

rajan joshi1
काजाकिस्तानको अस्तानामा भएको विश्व जुडो च्याम्पियनसिपमा नेपालको
चुनौती शनिबार समाप्त भएको छ । पुरुषको १०० केजीमाथिराजनजोशीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । राजन स्पेनका फर्नान्डो डेभिलसंग इप्पोनका आधारमा
पराजित भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
राजनको तौलसमूहमा ४२ खेलाडी सहभागी थिए । ८ देखि १२ भदौसम्म भएको च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला खेलाडी सहभागी थिए । महिलाको ६३ केजीमुनि नेपालकीफुपु ल्हामु खत्री यस अघि अमेरिकी खेलाडीसंग पराजित भएकी थिइन् ।

Comment