अफगानीस्तानसंग नेपालको हार

नेपालले यु–१९ एसीसी क्रिकेट लिगको खेलमा अफगानीस्तानसंग १० विकेटको हार ब्यहोरेको छ । नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको अफगानीस्तानले २५ ओभरमै विना कुनै विकेटको क्षती १२७ रन जोडेको थियो । अफगानीस्तानका हजार तुल्लाले ७१ बलमा ६१ रन जोडे । यसैगरी,नासिर खानले ७९ बलमा ५७ रन जोडे । नेपालका सन्दिप सुनारले कुनै विकेट नलीइ ३ ओभरमा २४ रन खर्चेका थिए । यस अघि मलेसियाको किनारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १२३ रन जोड्यो । नेपालका सुनील धमलाले ८६ बलको सामना गर्दै ४६ रन जोडे । योगेन्द्र सिंह कार्की र प्रेम तामाङ्गले २०÷२० रन जोडे ।

 

Comment