पौडीको लक्ष्य सागमा पदक

sirish sofia1

सोफीया शाहले पाचौ एनएस कप पौडी प्रतियोगितामा ४ सय मिटर फ्रिस्टाइलमा नया राष्ट्रिय  कीर्तिमान कायम गरेकी छिन् । उनले सोफीया साहको नाममा रहेको ५ मिनेट ३६.२७ सेकेन्डको कीर्तिमान भंग गर्दै ५ मिनेट ७.९१ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । यसैगरी महिलाकै ५० मिटर ब्रेस्ट स्टाइलमा लिंकनकी निहारिका तुलाधरले ३९.४४ सेकेन्डको नया राष्ट्रिय  कीर्तिमान कायम गरेकी छिन् । यस अघि उनकै नाममा ३९.७८ सेकेन्डको कीर्तिमान रहेको थियो । आर्मीकी सोनीका विस्टले पनि ३९.५७ सेकेन्डका दुरी पुरा गरेकी थिइन् । प्रतियोगिताको पुरुष तर्फ शिरिष गुरुंग र महिला तर्फ सोफीया शाह उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र  नेपाल ओलम्पिक कमिटीका महासचिव जिवन राम श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । सो अबसरमा बोल्दै नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले भारतको गोहाटीमा हुने १२ औ दक्षिण एसियाली खेलकुदका लागि दोस्रो चरणको खेलाडी छनोट गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना भएको बताए । उनले
पछिल्लो समयमा संघको सक्रियता, विभिन्न खाले प्रतियोगिता र प्रशिक्षणका कारण लगातार नया राष्ट्रिय कीर्तिमान कायम भइ रहेको बताए ।
रियो २०१६ को छात्रबृत्ती अन्तरगत शिरिष गुरुंग र सोफीया शाहले विशेष प्रशिक्षण पाएको तथा बेलायतमा गौरीका सिंहले प्रशिक्षण गरेको कारण नया कीर्तिमान कायम हुदै आएको बताए । उनले साफ खेलकुदमा पौडीले पदक पाउने कुरामा आशाबादी रहेको बताए । काजानमा भएको बिश्व च्याम्पियनसीपमा पाचवटा राष्ट्रिय कीर्तिमान कायम हुनु गौरवको विषय भएको पनि उनले बताए । हिटिंग सिस्टमका लागि सरकारले जग्गा उपलब्ध गराए पछि हिटिंग सिस्टमको स्वीमींग पुलको तयारी गर्ने पनि उनले बताए । उनले आसन्न साग खेलका लागि यसै प्रतियोगितावाट १० महिला तथा १० महिला खेलाडी छनोट गर्ने जानकारी गराए । उनले चितवन, विरगञ्ज, कास्की, धरान र इटहरीका प्रतियोगिता सञ्चालन गर्ने पनि जानकारी गराए । १ देखि ५ अक्टोबरसम्म थाइल्यान्डमा हुने आठौ एसियाली उमेर समुहमा सहभागि गराउने जनाकारी गराए ।

Comment