प्रशिक्षक र रेफ्रिमा सफल धर्म प्रसासनीक नेतृत्वमा

dharmae
नेपाल जुडो संघका सचिव एवं जुडोका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ बालवातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको चौधौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा रञ्जना उप्रेती (ढकाल), महासचिवमा अशोक सिवाकोटी, सचिवमा रञ्जना शर्मा तथा कोषाध्यक्षमा मीना सुनार (वि.क.) रहेका छन् । सदस्यहरुमा पुनम परियार, सर्मिला लिम्बू, हेलिना राई र काजी शेर्पा छन् ।
सडक बालवालिकाको संरक्षणमा कार्यरत केन्द्रमा ७२ जुडो खेलाडी छन् । उनीहरुलाई धर्म सहित जुडो राष्ट्रिय खेलाडी रमेश मगरले प्रशिक्षण दिइरहेका छन् । धर्म नेपाली खेलकुदमा प्राबीधीक रुपमा उत्कृष्ट ब्यक्तित्व मानीन्छन् । साथै सानील र भद्र स्वभाबका धर्म कोशाध्यक्ष पदमा रहेर सिडब्लुसिएनको उत्थानमा महत्वपूर्ण योगदान दिदै आएका थिए । जुडो प्रशिक्षकको रुपमा धर्मका थुप्रै शिष्यले राष्ट्रिय च्याम्पियनको ताज भिरिसकेका छन् ।

 

Comment