जिल्लाव्यापी इलाकास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी

पोखरा
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी असोज ५ देखि ७ गतेसम्म पोखरा रड्डशालामा कास्की जिल्लाव्यापी इलाकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
घुम्ती नेपालको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा उपाधि विजेतालाई ४० हजार, द्वितीयलाई नगद २५ हजार तथा तृतीयलाई १२ हजार रुपैया प्रदान गरिने कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए। तेस्रो स्थानको पुरस्कार पूर्व भलिबल खेलाडी नुरेन रानाले गरेका छन्।
प्रतियोगिता सम्पन्न गर्नको लागि सङ्घका उपाध्यक्ष बाबुराम केसी संयोजक र सदस्य टंक पौडेललाई सहसंयोजक बनाइएको छ।
यस्तै प्रचार–प्रसार उपसमितिको संयोजकमा कुमार गुरुङ, टीम व्यवस्थापनमा मोहन सुनारी मगर, मैदान व्यवस्थापनमा पूर्ण गुरुङ, स्वयंसेवक परिचालनमा नुना गुरुङ, प्राथमिक उपचारमा दीपेन्द्र पहारी, मञ्च व्यवस्थापनमा गोविन्द साही, अतिथि सत्कारमा खगेन्द्र गौचन, आर्थिक व्यवस्थापनमा सुनिता गुरुङ तथा पुरस्कार व्यवस्थापनमा मनशान्त घिमिरे र शेषकान्त शर्मा रहेका छन्।
सङ्घले यही १५ भदादेखि ए लेभलको भलिबल प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्दैछ।

Comment