फुपु पराजित

काजाकिस्तानको अस्तानामा जारी विश्व जुडो च्याम्पियनसिपमा नेपालकी फुपुल्हामु खत्री पराजित भएकी छन् । महिलाको ६३ केजीमुनि फुपु अमेरिकाकी मार्टिन हानाहसंग ओसाइकोमी इप्पोनका आधारमा पराजित भएको अस्तानामै रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । फुपुको तौलसमूहमा ४८ प्रतिस्पर्धी सहभागी थिए ।
विश्व जुडोमा नेपालबाट सहभागी दुई मध्ये अर्का खेलाडी राजन जोशीले शनिबार पुरुषको १०० केजीमाथि स्पेनका खेलाडीसंग खेल्ने छन् ।

 

Comment