शिरीष र सोफियाको राष्ट्रिय कीर्तिमान

sofiae

पाँचौं एनएस पौडी प्रतियोगितमा स्टार पौडी खेलाडी शिरिष गुरुङ र सोफिया शाहले राष्ट्रिय किर्तमान बनाएका छन् । पुरुष ओपन ब्रेस्ट २ सय मिटरमा नेपाल आर्मीका शिरीष गुरुङले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले दसौं साग कोलम्बोमा २००६ मा एलिस श्रेष्ठले बनाएको राष्ट्रिय रेकर्ड तोडेका हुन् ।
श्रेष्ठले २ मिनेट ४४ः६७ सेकेन्डको टाइमिङमा राखेको रेकर्ड तोड्दै शिरीषले २ मिनेट ४२ः७२ सेकेन्डमा दुरी पूरा गरेर नयाँ रेकर्ड बनाए । एलिसको रेकर्ड त्रिभुनन आर्मीका क्लबका किरण कार्कीले पनि तोडे । उनले २ मिनेट ४४ः६० सेकेन्डमा दुरी पूरा गरे ।
त्यसैगरी, महिलतर्फको फ्री–स्टाइल ५० मिटरमा सोफियाले आफ्नै नाममा रहेको रेकर्ड तोडेकी हुन् । उनले २९.४३ सेकेन्डको आफ्नो नाममा रहेको रेकर्ड तोड्दै सो स्पर्धाको हिट चरणमा २९.३३ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ रेकर्ड कायम गरिन् ।
यसअघि उनले १६औं फिना विश्व च्याम्पियनसिपमामा सो रेकर्ड बनाएकी थिइन् । उनले फाइनल चरणमा भने २९.४५ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी थिइन् । सो स्पर्धामा श्रीतीका सिंहले रजत जितिन् भने ओसिना भारतीले तेस्रो स्थान हात पारिन् ।ु

Comment