उपत्यकाव्यापी सडक दौड हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता २२ भदौमा  हुने भएको छ । राष्ट्रिय शिक्षादिवस तथा अन्तर्राष्ट्रिय साक्षरतादिवसको उपलक्ष्यमाहुनलागेको प्रतियोगितामाकक्षा ९ देखि १२ सम्ममाअध्ययनरत छात्र÷छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।
काठमाडौंलाई ५ सय, ललितपुरलाई ४ सय र भक्तपुरलाई ३ सय कोटा निर्धारणगरिएको छ । छात्रमा ५ किलोमिटर र छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।     छात्र÷छात्रादुवै समूहमादसौं स्थानमादौड टुंग्याउने नगद पुरस्कारको हकदार बन्ने छन् ।कूल पुरस्कार राशी १ लाख ४ हजार रुपैयाँ रहेको यो प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार तथाचौथोले ४ हजार रुपैया  पुरस्कार प्राप्त गर्ने छन् । पाँचौंदेखि दसौं स्थानमा रहनेलाई समान ३–३ हजार रुपैया  पुरस्कृत गरिने छ ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनःदशरथ रंगशालामै आएर टुंगिनेछ ।

Comment