सदस्यसचिवबाट प्रशिक्षण केन्द्रको निरीक्षण

jawalakhele
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको बिहीबार साँझ निरीक्षण गरेका छन् । सो अवसरमा सदस्यसचिव विष्टले सेमी–कभर्डहल निमार्णका लागि आगामी आर्थिक वर्षमा नीतिभित्र पारिने बताए । निरीक्षणका दौरान जावलाखेल प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले खुला कभर्डहल निर्माणका लागि सहयोगको अनुरोध गर्दै ३४ लाख बराबरको लागत इस्टिमेट पेस गरेका थिए ।

Comment