राईजिङ्गको बिजयी शुरुवात

cripoke
पोखरा
पोखरामा बुधबारदेखि शुरु भएको महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको उद्घाटन खेलमा राइजिङ्ग क्रिकेट फर उमन क्लवले विजयी शुरुवात गरेको छ । उसले पोखराको  आरण्यज्योति क्रिकेट क्लवलाई ६ विकेटले पराजित गरेको हो ।
पहिला व्याटिङ्ग गरेको आरण्यज्योतिले राईजिङ्गका सामु ४९ रनको लक्ष्य खडा गरेको थियो । लगातार चार विकेट रनआउट बाटै झरे पछि राइजिङ्गकालागि जित सहज भएको थियो । राईजिङ्गको जितमा गिता चुडालले तीन , सजनी श्रेष्ठ र अञ्जली चन्दले एक एक विकेट लिए।
राइजिङ्गले आठ ओभरमै लक्ष्य भेटाएर जित निकाल्दै दुई अंक जोडन सफल भयो । राइजिङ्गकालागि रेखा रावतले १९ बलमा १९ रन जोडीन भने अञ्जली चन्दले २२ बलमा १४ रनको योगदान दिइन् । प्रतियोगितामा चार ओभरमा १२ रन दिएर तीन विकेट लिएकी गिता चुडाल उमन अफ द म्याच भइन् । माछापुच्र्छे क्रिकेट क्लव र राईजिङ्ग क्रिकेट फर उमन क्लव बिचको दोस्रो खेल बर्षाले प्रभावित भएपछि दुबैले एक एक अंक बाँढे ।
राईजिङ्ग क्रिकेट फर उमन काठमाण्ठौ र माछापुच्छे्र क्रिकेट क्लव, पोखराको संयुक्त आयोजनामा नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको खेल मैदानमा संचालित प्रतियोगिताको दोस्रो दिनको खेल माछापुच्छे« क्रिकेट क्लव र आरण्यज्योति क्रिकेट क्लव बिच हुने छ ।

Comment