महिला क्रिकेट लिग सुरु

????????????????????????????????????

पोखरा
राइजिङ्ग क्रिकेट फर उमन क्लव, काठमाण्ठौ र माछापुच्छे्र क्रिकेट क्लव, पोखराको संयुक्त आयोजनामा बुधबारदेखि पोखरामा महिला क्रिकेट लिग प्रतियोगिता सुरु भएकोे छ । नदिपुरस्थित नगर विकास प्रशिक्षण खेल मैदानमा सञ्चालीत  प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा आयोजक आरसिडब्लु, एमएमसी र अरण्यज्योती क्रिकेट क्लवले भाग लिनेछन् । आरसिडब्लुको टिम क्षेत्र नम्बर ३ काठमाण्डौकि कप्तान समेत रहेकि अस्मिना कर्माचार्यको कप्तानीमा, एमएमसी नेपाली राष्ट्रिय महिला टिमका उप–कप्तान ममता थापाको कप्तानीमा तथा अरण्यज्योती सरु राजभण्डारीको कप्तानीमा मैदान उत्रने सो अवसरमा जानकारी दिइयो । नेपाली राष्ट्रिय महिला टिमका कप्तान रुबिना क्षेत्रीको कप्तानिमा रहेको लर्ड बुद्ध एकेडेमीले पनि प्रतियोगितामा भाग लिने जनाएको थियो । तर पूर्वका जिल्लाहरु बन्द रहेकाले सो टिम पोखरा आउन नसकेको आरसिडब्लुका अध्यक्ष आरति बिंडारीले जानकारी दिइन् । ‘म खेलाडी हुँ, मैले भोगेका समस्या नयाँ खेलाडीहरुले भोग्न नपरोस् भनेर यो क्लवको शुरुवात गर्न लागेकि हुँ’–उनले भनिन् ।
प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद २० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट बलर र ब्याट्स्म्यानलाई पनि ट्रफि पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक समेत रहेकि बिंडारीले बताइन् । माछापुच्छे्र क्रिकेट क्लवले मैदान तथा खेलाडीहरुको आवास र खानाको व्यवस्था गरेको छ । महिलाले पनि पुरुषले समान अवसर पाउनुपर्छ भनेर यो प्रतियोतिगालाई पोखरामा आयोजना गरिएको एमसिसीका अध्यक्ष दिपेश खत्रिले बताए । भदौको १ गतेदेखि प्रतियोगिता शुरु गर्ने भनिएतापनि दुई दिने नेपाल बन्दका कारण प्रतियोतिगा सार्न परेको उनले जानकारी दिए ।
प्रतियोगितामा अमेरिकाका रोबर्ट बिज्लीले पनि आर्थिक सहयोग गरेका छन् । ‘मानिसको मानसिक एवं शारीरिक स्वस्थ्यताका लागि खेलकुदको आवश्यकता रहने गर्दछ’ दुई पटक कायाकिङ्ग वल्र्ड च्याम्पियनशिपमा भाग लिइसकेका बिज्लीले भने । ‘नेपालमा आएको महाभुकम्पले खेलाडीहरुको मानसिकतामा पनि असर पारेको छ, यो तनाबबाट खेलाडीहरुलाई मुक्त पार्नका लागि पनि यो प्रतियोगिता आयोजना गरिएको हो’–उनले भने । बैशाख २९ को भुकम्पमा परि उनको पनि खुट्टा भाँच्चिएको छ । एमसिसीका सदस्य कृष्ण बाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comment