जुनियर तेक्वान्दोको तयारी पुरा

junior taekwondo
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रथम राष्ट्रब्यापी जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
कार्तिक १४ र १५ मा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका २२ टिमका २५० छात्र तथा छात्राहरुले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक अर्जून थापाले जनाएका छन् ।
१६ बर्ष मुनिका खेलाडीहरुले छात्र तर्फ २४—२७, २७—३०, ३०—३३, ३३—३६, ३६—३९, ४०—४३ र ४३—४६ तौल मुनिको समूहमा प्रतिस्पर्धा गर्ने छन् भने छात्रा तर्फ २०—२३, २३—२६, २६—२९, २९—३२, ३२—३५, ३५—३८ र ३८—४१ तौल मुनिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व तेक्वान्दो महासंघको नियम अनुसार खेलाईने प्रतियोगिताको छात्र र छात्रा तर्फको विजयी खेलाडीहरुलाई पदक र प्रमाण पत्र प्रदान गरिने छ भने छात्र तथा छात्रा तर्फ उत्कृष्ट दुई खेलाडीहरुलाई नगद १०÷१० हजार प्रदान गरिनेछ ।
उक्त प्रतियोगिताको नेपाली काँग्रेस केन्दिय सदस्य एवं पूर्व उप प्रधानमन्त्री सुजाता कोईरालाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन १४ कार्तिकको  े विहान ११ ः ०० बजे हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अनुमानित लागत ८ लाख ५० हजार रुपिया रहेको छ ।

Comment