नेपाल डिभिजन टुमा

cricket photo
अंक तालीकामा शिर्ष स्थान हात पार्दै नेपाल आइसीसी र्वल्ड क्रिकेट लिग डिभिजन टुमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा मलेसियालाई डर्कवर्थ लुइसको आधारमा ३६ रनले हराउदै अंक तालीकाको शिर्ष स्थानमा रहेको हो । मलेसियाले छाडेको १४३ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाले खेल अबरुद्ध हुनु पूर्व २५ ओभरमा दुइ विकेट गुमाउदै ८९ रन जोडेको थियो । नेपालका नरेस बुढा ऐरले सर्वाधीक ४२ रन जोडे ।
सेलेन्गर टर्फ क्लब क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १४२ रनमा सिमित भयो । मलेसियाका अनवर अरुद्धिनले ६९  रन जोड्नु बाहेक अन्यले खास योगदान गर्न सकेनन् । नेपालका पारस खड्काले नौ ओभरमा २० रन खर्चीदै चार विकेट लिए । भुवन कार्कीले ९.३ ओभरमा ३४ रन खर्चीदै तीन विकेट लिए । शक्ति गौचनले पाच ओभरमा नौ रन खर्चीदै दुइ विकेट लिए । नेपालले उपाधिका लागि बिहिबार युगान्डासंग खेल्ने छ ।
बुधबार भएको लिग चरणको अन्तिम खेलमा बर्मुडालाई सात विकेटले हराउदै युगान्डा फाइनलमा प्रबेश गरेको हो ।

Comment