कास्की जिल्ला तेक्वान्दो संघद्वारा रकम हस्तान्तरण

taekwondo sahayog
पोखरा
कास्की जिल्ला तेक्वान्दो संघले नेपाल तेक्वान्दो सङघले खडा गरेको भूकम्प पीडित राहत कोषमा ३२ हजार चार सय रुपैयाँ प्रदान गरेको छ। संघका अध्यक्ष जगन बहादुर गुरुङले संघका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणालाई ३२ हजार चार सय बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।
कास्कीले भूकम्प पीडितको लागि भनेर पदाधिकारी, सल्लाहकार, डोजाङ प्रमुख तथा सिनियर खेलाडी गरी २२ जनाबाट एक लाख आठ हजार चार सय रुपैयाँ संकलन गरिएको थियो। संकलित रकममध्ये संघले १५ जना पीडित खेलाडी, डोजाङ प्रमुख र प्रशिक्षकलाई २५ हजारदेखि सात हजारसम्मको सहयोग प्रदान गरेको थियो।
यस्तै मोटरसाइकल दुर्घटनामा घाइते भएका कास्की जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष ललितबहादुर धामीलाई कास्कीको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ। धामीलाई संघको तर्फबाट २० हजार सहयोग प्रदान गरिएको कास्की जिल्ला तेक्वान्दो संघका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए।

 

Comment