संजय र निमालाई आर्थिक सहयोग

volley ball
पुर्व भलिबल खेलाडीले भुकम्प पिडित भलिबल खेलाडी संजय अर्याल र नीमा श्रेष्ठलाई आर्थिक सहयोग गरेका छन । भलीबलका पुर्व भलिबल खेलाडी मिलन श्रेष्ठ र भारत उत्तर प्रदेशका पुर्व खेलाडी जमल खानले संजय र नीमालाई जनही १३ हजार रुपैयाँ सहयोग गरेका हुन् । आइतबार नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले खेलाडीलाई आर्थिक रकम प्रदान गरे । धरानका मिलन अहिले रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन । उनले प्रशिक्षक कपिल किशोर श्रेष्ठ मार्फत रकम पठाएका थिए ।
१२ र २९ बैशाखमा गतेको विनासकारी भुकम्पले काभ्रेका सन्जयको घर भत्तिएको थियो । यसैगरी निमाको सिन्धुपाल्चोक बारबिसे स्थित घर भत्तिएको थियो । पुरुष राष्ट्रिय भलिबल टोलीका संजयले आर्थिक सहयोग गरेकोमा पुर्व खेलाडी मिलन र जमललाई धन्यवाद दिए ।  उनले भने, ‘ विदेशमा बसेर पनि हामीलाई सहयोग गर्नु भएकोमा धन्यावाद । सहयोगले खेलाडीलाई खेलमा निरन्तरता दिन सहयोग गर्छ । अप्ठयारो परेका बेला खेलाडीले हामीलाई सहयोग गर्दा खुसी लागेको छ ।’
एक दशक अघि दै नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका संजयले सन् २००६ मा श्रीलंकामा भएको १०औं साग र २०११ मा बंगलादेशमा भएको ११औं सागमा राष्ट्रिय टोलीबाट खेलका थिए । सन् २००४ चीनमा भएको तेस्रो एसियन बिच भलिबल प्रतियोगितामा सन्जय र इम रानाको जोडीले २२औं स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा ५८ टिमले प्रतिस्पर्धा गरेको थिए ।
यसैगरी नेपाली महिला टोलीले २००६ को १० औं सागमा कास्य पदक जित्दा नीमा नेपाली टोलीका खेलाडी थिइन ।  निमा र शुसिला थापाको जोडीले सन् २००६ मा बंगलादेशमा भएको अन्तराष्ट्रिय आमन्त्रित भलिबलमा कास्य पदक  र २००७ मा बंगलादेशमै भएको आमन्त्रित बिच भलिबलमा नीता शाहसँग मिलेर रजत पदक जितेकी थिइन । निमाले २०६८ देखी एपिएफबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन । निमा एपिएफ भलिबल टोलीकी कप्तान हुन् ।

Comment