पामलाई टिम च्याम्पीयनको उपाधी

judooo
प्रिजनर्स असिस्टेन्स मिसन (पाम) ले खुला क्याडेट तथा जुनियर जुडो च्याम्पियनसीपमा टिम च्याम्पीयनको उपाधि जितेको छ। । प्रतियोगितामा पामले ९ स्वर्ण र १ रजत जित्दै उपाधि हात परेको हो । दोस्रो स्थानमा रहेको बाल बातावरण विकास केन्द्र (सिडब्ल’सिएन) ले ५ स्वर्ण १ रजत र १ कास्य जित्न सफल भयो । तेस्रो भएको होपेडले १ स्वर्ण र ३ रजत जित्न सफल भयो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलपरिसरमा आइतबार सम्पन्न प्रतियोगितामा क्याडेटतर्फ छात्रामा पामकी रुक्सना खातुन तथा छात्रमा ओसिडका राजन शाही प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । जुनियरतर्फ छात्रामा केन्द्रीय डोजोकी पुनम श्रेष्ठ तथा छात्रमा सिडब्ल’सिएनका दिनेश बुढामगर उत्कृष्ट खेलाडी चुनिए । आइतबार भएको क्याडेटको छात्र ३० केजीमुनीमा ओसिडका राजन शाहीले पर्साका अन्केत चौधरीलाइ हराउदै स्वर्ण जिते । ३५ केजीमुनी पामका सुसन दोङले ओसिड़का आश कामीलाई, ४० केजीमुनी पामका प्रमोद मण्डलले पर्साका महेश श्रीवास्तव, ४५ केजीमुनी होपेडका लक्ष्मण जिसीले पामका सुबोध मण्डल, ५० केजीमुनी पामका उत्तम प्रधान श्रेष्ठले ओसिडका किरण कामीलाई हराउदै आआफ्नो तौल समुहमा स्वर्ण जिते । त्यसैगरी ६० केजीमुनी पामका सुदेश दोङ प्रथम भए । उनले सप्तरीका पंकज चौधरीलाई पराजित गरे । ६० केजीमाथी जेम्स स्कुल ए का  प्रहर्ष केसीले जेम्स बि का नितिश कुमार यादलाइ पराजित गर्दै प्रथम भए
छात्रातर्फ २८ केजीमुनी पामका निशा श्रेष्ठले केन्दीय डोजोकी बितिषा थापा मगरलाई पराजित गरिन । त्यसैगरी ३६ केजीमुनी सिटू स्कुलकी जिना लामाले सिटू स्कुलकै रन्जिता तामाङलाई, ४० केजीमुनि पामकी रुक्सना खातुनले सिटू स्कुलकी सुनिता मगरलाई, ४४ केजीमुनि सिडब्ल’सिएनकी सुमित्रा बयलकोटीले होपेडकी पुष्पा भण्डारीलाई तथा ४८ केजिमुनी पामकी देवकी माया श्रेष्ठले होपेडकी धनमाया रोकायालाई हराउदै आआफ्नो तौल समुहमा स्वर्ण जितेका छन् । त्यसैगरी छात्राकै ४८ केजीमाथी पामकी मनिता श्रेष्ठ प्रधानले सिडब्ल’सिएनकी बिमला माया मगरलाइ हराउदै स्वर्ण जितिन् ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिव केशब कुमार बिष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य लगायतले पुरस्कार वितरण गरे ।

 

Comment