गोमा र कविता पहिलो

kadet judo
गोमा परियार र कविता नेपालीले खुला क्याडिड तथा जुनियर जुडो प्रतियोगितामा शनिवार पहिलो स्थान हात परेका छन् । सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलपरिसरमा भएको छात्रातर्फको जुनियर ४४ केजी मुनीको खेलमा सिडब्लुसिएनकी गोमाले मोरङकी बिमाला सुब्बालाई हराउदै स्वर्ण जितीन् । ५२ केजी मुनी मा सिडब्लुसिएनकै कविताले सितु स्कुलकी अन्जु पाण्डेलाई फाईनलमा हराएकी थिईन्। महिलाकै ४८ केजी मुनी बाकेकी सिता खड्काले सिडब्लुसिएनकी सिता सार्कीलाई हराउदै स्वर्ण जितिन् । ५७ केजी मुनी सिडब्लुसिएनकी रमा नेपालीले झापाकी तुलसा देवी कार्कीलाई पराजित गरिन् । ५७ केजी माथी केन्द्रीय डोजोकी पुनम श्रेष्ठले बाकेकी निर्मला घर्तिमगरलाई हराउदै स्वर्ण जितिन् । छात्रतर्फको ५५ केजी मुनी एमएमएसीका किरण गडेलले पर्साका कुन्दनकुमार तुराहालाई हराउदै स्वर्ण जिते । ६० केजी मुनी सिडब्लुसिएनका दिनेश बुढामगरले पामका इन्द्रवहादुर श्रेष्ठलाई हराउदै स्वर्ण जिते । त्यस्तै ६६ केजी मुनी नुहाकोटका रामभक्त तामाङले होर्पेटका हिमपर्व खत्रीलाई हराउदै पहिलो भए ।
दुई दिने प्रतियोगिताको उद्घाटन नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले गरेका थिए। प्रतियोगितामा ३५ जिल्ला,क्लब र संस्थाका १५८ खेलाडीले २३ स्वर्णका लागि प्रतिस्पर्धा गदैछन् ।

Comment