तेक्वान्दोको बार्षिक साधारण सभा सम्पन्न

taek2
नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । तेक्वान्दोले दिलाएको उपलब्धीलाई सरकारी निकायले अजरअन्दाज गरेको तथा तेक्वान्दो बृत्तमा देखिदै गएको विवाद र विभाजनको प्रसंग चलीरहेकै समयमा भएको यो साधारण सभालाई महत्वपूर्ण मानीएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विस्टले तेक्वान्दो भित्रको सम्पूर्ण विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले एक खेलको एक मात्र संघ हुनु पर्ने आफ्नो पुरानो अडान दोह¥याउदै तेक्वान्दोसंग सम्बन्धीत सबै निकाय एक ठाउमा उभिन आबस्यक रहेको औल्याए । सदस्य सचिव बिस्टले कुनै पनि विभाजीत संघको सस्थापन पक्षले अन्यलाई समे्टन पहल गरे आफू मध्यस्थताको भुमिका निर्बाह गनृ तयार रहेको बताए । उनले खेलकुद पर्यटन र अर्थतन्त्रको आधार बन्न सक्ने तर्फ इंगित गर्दै उनले यस्तो सम्भावना बोकेको खेललाई सवै जात, जाती, धर्म र वर्गको रोजाईको बनाउन सवै लाग्नु पर्ने बताए । विश्वलाई एक सुत्रमा बाँध्ने खेललाई अन्तराष्ट्रिय क्षेत्रमा तेक्वान्दो खेलमार्फत पहिचान बनाउन सुझाए ।

कार्यक्रममा बोल्दै तेक्वान्दो संघका महासचिव दिपराज गुरुंगले विगतका सरकारी निकायले बारम्बार तेक्वान्दोले दिलाएको सफलतालाई नजरअन्दाज गरेको गुनासो गरे । उनले विगतमा राज्य पक्ष नै तेक्वान्दोमा विभाजन ल्याउन उद्धत रहेको आरोप लगाए । गुरुङले स्वार्थ र व्यक्तिबादी सोचका कारण खेलकुद अझ तेक्वान्दोलाई धाराशाही पार्न नेतृत्व लागि परको आरोप लगाए । उनले तेक्वान्दो खेल र खेलाडीको विकासमा सदा लागी पर्ने भन्दै पदक हासिल गर्न सक्ने खेललाई बर्गिकरण गरी खेलको विकास गर्न नेतृत्वलाई सुझाव दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा महत्वपूर्ण सफलता तेक्वान्दोले दिलाएको स्मरण गर्दै यसै खेल राष्ट्रिय खेल हुन उपयुक्त भएको धारणा ब्यक्त गर्दै यसको लबीङमा तेक्वान्दोकर्मीनै लाग्नु पर्नेमा जोड दिए । यसैगरी, कास्की जिल्ला तेक्वान्दो संघका सचिव प्रेम नारायण न्यौपानेले अन्यलाई आरोप लगाउने भन्दा पनि विगतको गीरेको साख र आफ्नो कमजोरीको बारे साधारण सभामा छलफल हुनु पर्ने धारणा ब्यक्त गरे । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेल र संघ उपाध्यक्ष भोजबहादुर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभामा महासचिव दीपराज गुुरुङले बार्षिक प्रतिवेदन छलफल सहित पारित भयो । जिल्लाका प्रतिनिधीहरुले आफना जिल्लाको प्रतिवेदन पेश गर्नुका साथै महासचिवको  प्रतिवेदनमा छलफल गरेका थिए । राष्ट्र संघियता तर्फ अग्रसर भएकोले संघको संरचनालाई पनि त्यहि अनुरुप लैजानु पर्ने भएकोले क्षेत्रिय अवधारणालाई अगाडी बढाउनेबारे छलफल  हुने उपाध्यक्ष हरिश्वर पोखरेलले जानकारी गराए । कोशाध्यक्ष देव बहादुर वलीको आर्थीक प्रतिबेदन पनि साधारण सभाले छलफल सहित पारित ग¥यो।

Comment