सर्यो ओलम्पिक कमिटीको निर्वाचन

jeevanramनेपाल ओलम्पिक कमिटी (एनओसी)को बिहीबार हुने भनिएको निर्वाचन प्रक्रिया नपुगेको भन्दै एक महिनाभित्र गर्ने गरी सरेको छ । एनओसीले अर्काे निर्वाचनको मिति भने सार्वजनिक गरेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्नो संघलाई २१ दिनअगावै सूचना प्राप्त नभएका कारण चुनाव अवैध हुने जिकिर गर्दै स्थगनको माग गरेपछि साधारणसभा स्थगन भएको हो । एसियाली ओलम्पिक काउन्सिल (ओसिए)का प्रतिनिधि हैदर फरमानले समेत थापाको कुरामा साथ दिएपछि यो निर्णय भएको हो ।

Comment