भीम मध्यपश्चिम खेलकुद अध्यक्ष

bhim

भीम ओलीलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्षमा मनोनित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सोमबार ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यस अघि नै रनि नगरकोटीले पूर्वाञ्चलको प्रमुखको जिम्मेवारी पाइसकेका छन् भने पश्चिमाञ्चलको अध्यक्ष खगराज पौडेल भए ।
नेपाली खेलकुदकामा एक दशक अघि देखी सक्रिय ओली नेपाल भलिबल संघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्जार्च हुन् ।
ओलीले एक दशक अघि मध्यपश्चिम क्षेत्रीय भलिबल संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै खेलकुदमा प्रवेश गरेका थिए । महेन्द्र महुमुखी क्याम्पसको स्वयुवियु पुर्व सचिव भएर काम गरिसकेको ओली नेकपा एमाले बाँकेका सदस्य हुन् ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले ओलीलाई सोमबार अध्यक्ष पदको जिम्मेवारी दिदै शुभकामना दिए ।
अध्यक्ष ओली रहेको कार्यसमितिमा कोषाध्यक्षमा मेनुका पछाई, सदस्यहरुमा रिता कोइराला, प्रदिप खत्री, केशब शाही, अर्जुन जंग शाही र राज बहादुर बुढा रहेका छन । उपाध्यक्ष, सचिव र एक सदस्य मनोनित कार्यसमितिको बैठकले चयन गर्नेछ ।
एमालेको आन्तिरिक विवादका कारण कोषाध्यक्ष र सदस्यहरुको नाम एक दिन अघि सार्वजनिक गरेपनि अध्यक्षको बारेमा भने टुङगो लाग्न सकेको थिएन ।
अध्यक्ष मनोनित भएका ओलीले मध्यपश्चिममा स्पोर्टस एकेडेमी र भौतिक पुर्वाधार निमार्ण गर्ने आफनो मुख्य लक्ष्य भएको बताउनु भयो ।
ओलीले भन्नु भयो, ‘मध्यपश्चिम खेलकुदको उर्वरा भुमी हो । यहाँबाट क्रिकेट, एथलेटिक्स, भलिबल लगायत थुपैं खेलका खेलाडीले अन्तराष्ट्रिय स्तरमै पदक जितेका छन । पुर्वाधार निमार्ण र खेलकर्मीको मनोबल बढाउँदै मध्यपश्चिमलाई पुन एक पल्ट नेपालको उत्कृष्ट क्षेत्रका रुपमा चिनाउने कोसिस गर्छु ।’
मध्यपश्चिमको खेलकुद र पर्यटनलाई सँगैसँगै अगाडी बढाउने सके खेलकुदमा थुपै्र उपलब्धी प्राप्त गर्ने सकिने ओलीले बताउनु भयो ।

Comment