एथलेटिक्स टोली बैदेशिक प्रशिक्षणमा

gurupuja33
भारतको सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर राख्दै नेपाल एथलेटिक्स संघले ८ राष्ट्रिय खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएकोछ ।
थाइल्यान्डको राजधानी बैंककको थाइ प्रशिक्षण शिविरमा चार पुरुष र चार महिला गरि आठ खेलाडीले ४० दिने विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका छन् ।
नेपाली टोलीलाई संविधान सभाका सभासद् एवं नेपाल एथलेटिक्स कमिटिका अध्यक्ष राजीव शाहले राष्ट्रिय खेलकुद परिषदमा शुक्रबार बिदाई गरे ।
बैंकक प्रस्थान गर्ने नेपाली एथलेटिक्स टोलीमा सुर्य खत्री (हाइजम्प), डिल्ली खत्री (लङजम्प÷ट्रिपलजम्प), आशिष चौधरी (१००÷२०० मिटर स्प्रिन्ट), मुक्तीबहादुर खड्का (८०० मि.), सिमा कुमार थारु (जाभलिङ्ग थ्रो), अमृता महतो –थिस्कस थ्रो), सरस्वती भट्टराई (८००÷१५०० मि.), सरस्वती चौधरी (१००÷२०० मि.) रहेका छन् । टिम प्रशिक्षकमा बरिष्ठ प्रशिक्षक विक्रम जंग थापा र राकेश बज्राचार्य तथा टिम ब्यवस्थापकमा सन्तोष श्रेष्ठ त्यस तर्फ जाने भएका छन् ।
प्रशिक्षणको लागि नेपाली टोलीलाई एशियन एथलेटिक्स महासंघको अध्यक्षको  पहलमा महासंघले १० हजार डलर र थाई एथलेटिक्स संघबाट ६ हजार डलर सहयोग प्राप्त भएको एथलेटिक्स संघका अध्यक्ष राजीव शाहले जानकारी गराए । अध्यक्ष शाहले टोलीलाई शुभकामना सहित बिदाई गर्दै विशेष प्रशिक्षणले नेपाली खेलाडीहरुको स्तरबृद्धि हुने विश्वास ब्यक्त गरे ।
सो प्रशिक्षण पश्चात खेलाडीहरुले ६ देखि १० सेप्टेम्बर २०१५ मा बैंककमानै आयोजना हुने ६१ औं थाइ ओपन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीता जनाउने छन् ।
टोली सोमबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

 

Comment