जुडोकी फुपुलाई कांस्य

judoo
वल्र्ड ¥याङकिङ इभेन्टअन्तर्गत जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालकी फुपु ल्हामु खत्रीले कांस्य जितेकी छन् ।
मकाउमा जुलाई २४ देखि २६ तारिखसम्म भएको च्याम्पियनसिपको राउन्ड रोविन लिगमा फुपुले चाइनिज ताइपेईंकी टी. पानलाई पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । फुपुले महिलाको ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
त्यसमा स्पर्धामा नेपालसहित चार राष्ट्रका खेलाडी सहभागी थिए । मंगोलियाकी खेलाडी पहिलो र चीनकी खेलाडीले दोश्रो स्थान हात पारे ।
यसअघि हङकङमा १७ देखि १८ जुलाइसम्म भएको सोही च्याम्पियनसिपअन्तर्गत फुपुले रजत जितेकी थिइन् । अध्यक्ष वज्राचार्यका अनुसार फुपु र प्रशिक्षक ओलम्पियन देबु थापा बुधबार स्वदेश फर्किदै छन् ।

 

Comment