जुडो क्याम्प उत्साहजनक

dharmaaeस्विटजरल्यान्डको फिसमा भएको आईजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी भइ दुई खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली आइतबार स्वदेश फर्किएको छ । १९ देखि  २५ जुलाइसम्म भएको क्याम्पमा १८ वर्षमुनिका १–१ पुरुष र महिला खेलाडी नेपाल जुडो संघले सहभागी गराएको थियो । पुरुषमा किरण गडेल तथा महिलामा मनिता श्रेष्ठ प्रधानले भाग लिएका थिए । प्रशिक्षकमा नेपाल जुडो संघका सचिव एवं अन्तर्राष्ट्रिय जुडो रेफ्री धर्मकुमार श्रेष्ठले सहभागिता जनाएका थिए ।
क्याम्पमा विभिन्न ३० राष्ट्रका २ सय ६० खेलाडीको सहभागिता रहेको प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रशिक्षक नेपाली खेलाडीका लागि उपलब्धी भएको श्रेष्ठले बताए । ओलम्पिकप पदकधारीले प्रशिक्षण गरेका थिए । यो प्रशिक्षणले जुनियर खेलाडीलाई ओलम्पिक तयारीको क्रममा सहयोग पुग्ने बिश्वास श्रेष्ठको छ ।
प्रशिक्षणको रुपमा जिम्मेवारप् पुरा गर्न गएका धर्मले त्यहा सिकेका कुरालाई त्यही प्रयोग गर्ने नया ढंगको प्राबधानले सहयोग पुगेको बताए ।

Comment