क्षेत्रिय भलिवल रेफ्रि तालिम सम्पन्न

volleyball pok
पोखरा
कास्की जिल्ला भलिवल संघको अयोजनामा पाँचदिने क्षेत्रिय भलिवल रेफ्रि तालिम सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई एक समारोहका विच प्रमाणपत्र वितरण गरिएको छ । नेपाल भलिवल संघका अध्यक्ष दानबहादुर तामाङ्गले तालिममा उत्तिर्णा भएका प्रशिक्षार्थीहरुलाई रेफ्रिको लाइसेन्स समेतको प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र वितरण गर्दै तामाङ्गले तालिममा लिएको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । जिल्ला जिल्लामा हुने भलिवल गतिविधीलाई सहयोग गर्न पनि उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरे । साथै समय समयमा बदलिंदै गर्ने भलिवलका नियम अनुसार आफुलाई ताजै राख्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष यामबहादुर गुरुङ्गले कुनैपनि प्रतियोगिता सफल पार्न रेफ्रिको भुमिंका महत्वपूर्ण हुने बताउँदै कतिपय अवस्थामा रेफ्रिका गतल निर्णयले प्रतियोगितै विथोलिएको उदाहरणहरुपनि प्रस्तुत गरे । पश्चिमाचल क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाले यस तालिमबाट निस्एिका भलिवल रेफ्रिहरुले यो खेलको सम्बर्धन र विकासमा महत्वपूर्ण विकास पु¥याउने विश्वास व्यक्त गरे । साथै आउँदा दिनहरुमा भलिवल प्रशिक्षकहरुका लागि पनि तालिम आयोजना गर्न आग्रह गरे ।
तालिमका प्रमुख प्रशिक्षक अन्र्तराष्ट्रिय भलिवल रेफ्रि केवि रानाले आउदा दिनहरुमा कुनै पनि अफ्ट्यारा अवस्था आए आफुसंग परामर्श गर्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गरे । प्रशिक्षार्थीको तर्फबाट रमेश श्रेष्ठले आफ्नों मन्तव्य राख्दै यो तालिम आफ्नों जिवनकै एक महत्वपूर्ण पक्ष भएको बताए । साथै तालिमका प्रशिक्षार्थीहरु भलिवल विकासका लागि हरेक चुनौतीको सामना गर्न तयार रहेको औल्याए ।
आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, तालिमका अर्का प्रशिक्षक डिवि नेपाली, आयोजक संघका उपाध्यक्ष बाबुराम केसी, सचिव कुमार गुरुङ्ग लगाएतले बोलेका थिए । नेपाल भलिवल संघको तत्वाधान जिल्ला खेलकुद विकास समिति कास्कीको सहयोग तथा पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको संयोजनमा आयोजित तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्ला र बाहिरका केहि जिल्लाबाट समेत गरि ७४ जनाको सहभागिता रहेको । सहभागिमध्ये लोकेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षार्थी भए

तीनजना सम्मानित
भलिवल खेल विकास र प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै कास्की जिल्ला भलिवल संघले शनिबार पोखराका तीन जनालाई सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछाने, सञ्चारकर्मी तथा गित लेखक आरजु विष्ट ‘सल्यानी’ र गायक तथा संगितकार विनोद बानियाँलाई संघले सम्मान गरेको हो । नेपाल भलिवल संघका अध्यक्ष दानबहादुर तामाङ्ग, उपाध्यक्ष याम गुरुङ्ग लगाएतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरेका थिए ।

सम्मानित लामिछाने आदर्श नेपाल राष्ट्रिय दैनिकका सह–सम्पादक तथा रेडियो बाराहीका कार्यक्रम प्रस्तोता हुन् । त्यस्तै आरजु विष्ट रेडियो अन्नपूर्णका समाचार संयोजक हुन् भने विनोद बानियाँपनि यसअघि पोखरा एफएम र विग एफएममा कार्यरत थिए । आरजुको लेखन तथा विनोदका गायन तथा संगितमा लौ आयो भलिवल, आहा रारा गोल्डकपमा, हाम्रो जीवन खेलकुद, लामाचौर कप लगाएतका खेलकुद क्षेत्रका गितहरु चर्चित रहेको छन् । यि मध्ये हाम्रो जीवन खेलकुद भन्ने गितमा धनगढिमा सम्पन्न छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्च पास भएको थियो भने देशका विभिन्न जिल्लाहरुमा आयोजना गरिने खेलकुदका अधिकांस कार्यक्रमहरुमा यो गित बज्ने गर्दछ ।

तस्विर ः उमेश पुन

Comment